काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक शेयरधनी मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता र सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजको मितिले ३५ दिनभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।







About Us
प्रतिक्रिया