आज सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै बैंक


काठमाडौं – सरकारले आज इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसका दिन सार्वजनिक बिदा दिएको छ । सरकारले सार्वजनिक बिदाको दिएपनि बैंकहरुले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन् ।

बैंकहरुले होलिडे काउन्टरमार्फत निक्षेप संकलन र भुक्तानी, विदेशी मुद्रा विनिमय सुविधा दिनेछन् ।

यस्तो अवस्थामा डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्न बैंकहरुले आग्रह गरेका छन् ।

कुन बैंकको कुन शाखा सञ्चालनमा ?