काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३७ अंकले बढेसँगै बजार २५ सय ८५ दशमलव ८७ को बिन्दुमा बन्द भएको हो।
आज ३३४ कम्पनीको गर्दा कुल ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, ७२ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ। आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेसँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज १४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार गरेको छ।
आज इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ५.३२ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.२३ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया