काठमाडौं – बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज बुधबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो।
केन्द्रीय बैंकले १६ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। याे निक्षेपको साँवा तथा ब्याज भुक्तानी यही पुष २२ गते हुनेछ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। पुस लागेपछि केन्द्रीय बैंकले तेस्रो पटक तरलता खिच्न लागेको हो। यसअगाडि पुस २ गते र ६ गते २०/२० अर्ब रुपैयाँ प्रशाेचन गरेको थियो।





About Us
प्रतिक्रिया