‘नागरिक लगानी कोष लगायत विभिन्न कोषका लागी छुट्टै नियामक स्थापना गर्नुपर्छ’


काठमाडौं –बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले गैरबैंकिङ्ग संस्थाहरूको कारोबार बढेको बताएको छ । कार्यदलले गैरबैंकिङ्ग संस्थाहरूको कारोबार बढ्दा संस्थाको नियमनमा पनि जोड दिनुपर्ने बताएको हो ।

बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले वित्तीय प्रणालीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता गैरबैंकिङ संस्थाहरूको नियमन गर्ने अलग्गै नियामक निकायको स्थापना गर्न पहल गर्नुपर्ने सुझाव दिएको छ ।