काठमाडौं –बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले कानून संशोधन गरेरै लघुवित्त संस्थाका लागी छुट्टै नियामक स्थापना गर्नुपर्ने बताएको छ । बैंकिङ्ग नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ्ग सेवाको विकासका सम्बन्धमा सुझाव पेस गर्दै यस्तो नीनि आवश्यक रहेको उल्लेख गरेको हो ।
कार्यदलले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘गरिबलाई घरदैलोमा सेवा दिने उद्देश्यले फरक मोडेलमा स्थापित लघुवित्त संस्थालाई नियामकले अन्य एकै किसिमका बैंकिङ्ग संस्थाको तुलनामा पर्याप्त ध्यान दिन नसकिरहेको अवस्थामा यसको महत्व, प्रभाव र विस्तारलाई दृष्टिगत गरी बङ्गलादेशसहित अन्य केही देशमा जस्तै छुट्टै नियामक निकायको कानुनी व्यवस्था गरी स्थापना गर्नु अत्यावश्यक भैसकेको छ ।’ सुधार सुझाव कार्यदलले लघुवित्तको छुट्टै नियामक नहुन्जेलसम्म यसको नियमन लघुवित्त विभागबाटै अनिवार्य रूपमा गराउनुपर्ने बताएको छ ।





About Us
प्रतिक्रिया