बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन

‘नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंक हदैसम्मको सक्रिय बन्नुपर्ने’


काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले नेपाललाई आगामी दुई वर्षभित्र ग्रे लिष्टबाट हटाउन समयबद्ध तालिकानुसार आवश्यक कार्यहरू सम्पन्न गर्नका लागि नेपाल राष्ट्र बैंक निकै सक्रिय हुनुपर्ने बताएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा नेपाललाई ग्रे लिष्टबाट हटाउन केन्द्रीय बैंकले खेल्नुपर्ने भूमिका सम्बन्धमा सुझाव दिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको उल्लेख छ । यसअनुसार राष्ट्र बैंकको जिम्मेवारी यसबाट सामान्यतया केही बाहिर भए तापनि नेपाललाई ग्रे लिष्टबाट हटाउन थप सशक्त रूपमा विशेष भूमिका खेल्नुपर्ने कार्यदलको सुझाव छ ।

मुद्रा निर्मलीकरणको मुख्य तत्व नै भुक्तानी अर्थात्रकमसँग सम्बन्धित भएकोले राष्ट्र बैंकको जिम्मवारी निकै गहन छ । तसर्थ राष्ट्र बैंकले सम्पादन गर्नुपर्ने महत्वपूर्ण कार्यहरू ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलाप सपन्न गर्नुपर्ने बताएको छ ।