काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा पूर्वबैंकर भुवन दहाल सदस्य र सदस्य सचिवको रुपमा गुरु प्रसाद पौडेल रहेको कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यदलले निर्देशित क्षेत्र कर्जा केही क्षेत्रमा मात्र सीमित भएको र सो क्षेत्रमा निष्कृय कर्जा पनि उच्च दरले बढेको तथा शिक्षा, स्वास्थ्य, यातायात आदि जस्ता महत्वपूर्ण क्षेत्र हाल प्राथमिकता प्राप्त क्षेत्रमा नपरेकाले प्राथमिकता प्राप्त गर्नुपर्ने उल्लेख गरेको छ । सो क्षेत्रमा कर्जाको मागको सम्बन्धमा अध्ययन गरी प्रोत्साहनसमेत प्रदान गर्ने गरी प्राथमिकता प्राप्त क्षेत्र कर्जाको बारेमा पुनरावलोकन गर्नुपर्ने कार्यदलको सुझाव छ । कार्यदलले साथै, ग्रिन ट्याक्सोनोमी अन्तर्गत ग्रिनमा पर्ने क्षेत्रहरूलाई प्रोत्साहन दिइने नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ ।





About Us
प्रतिक्रिया