काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.२७ अंकले बढेसँगै बजार २५ सय ८४ दशमलव ४९ को बिन्दुमा बन्द भएको हो।
आज ३२८ कम्पनीको गर्दा कुल ३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, ७६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ। आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३० करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सागर डिस्टिलरीको ८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सिटिजन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.९७ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया