मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा


काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण लाभांश घोषणा गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।