राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा


काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा भएका छन् । केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ अनुसार उनलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनले वि.सं २०५३ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।