सूर्य ज्योति लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई पुष ३० गते वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न १८ औं वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले सो सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान साढे १० बजे सुरु हुने गरी बोलाएको छ।

सो सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज गर्ने भएको छ।

जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।