यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनीहरू


काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा एसवाई प्यानल नेपाल, १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६, १०.२५ प्रतिशत केबीएल डबेन्चर २०८६, सीवाईसी नेपाल लघुवित्त र पियोर इनर्जीका लगानीकर्ता रहेका छन्।

जसमा एसवाई प्यानलले ९.९९ प्रतिशत, १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६को ६.०१ प्रतिशत, १०.२५ प्रतिशत केबीएल डबेन्चर २०८६ ले ५.९२ प्रतिशत, नेपाल लघुवित्त ५.९० प्रतिशत र पियोर इनर्जीको लगानीकर्ताले ५.८७ प्रतिशतका दरले कमाएका हुन्।

त्यसैगरी, आज लुम्विनी विकास बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

त्यस्तै, दाेस्राेमा सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन्।