काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अंकले घटेसँगै बजार २५ सय ८१ दशमलव २१ को बिन्दुमा बन्द भएको हो।
आज ३३२ कम्पनीले कारोबार गर्दा कुल ३ अर्ब ५१ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ। त्यससँगै ९१ लाख ६७ हजार कित्ता शेयर किनबेच भएको हो। आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज लुम्विनी विकास बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज एस वाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यससँगै आज सबैभन्दा बढी गुमाउँनेमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया