नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश नदिने भएको छ।

संस्थाको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। संस्थाले बैंठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।