काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एनआरएन इन्फ्राक्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको १ लाख ७ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखेको हो ।
संस्थाले विद्यमान संस्थापक शेयरधनीलाई सो शेयर खरिदका लागि पहिलो प्रथामिकता दिने जनाएको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले शेयर कित्ता खुलाई संस्थाको केन्द्रिय कार्यालय निलकण्ठ–३ धादिङ्गबेशी धादिङ्गमा निवेदन दिन सक्नेछन् ।





About Us
प्रतिक्रिया