काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको हो।
हिजो आइतबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ।
आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया