सपोर्ट लघुवित्तको लाभांश घोषणा


काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको आज बसेको सञ्चालक समितिको बैठककोे निर्णयले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र सोको (कर प्रयोजनसहित) ०.५० प्रतिशत का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।