काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।





About Us
प्रतिक्रिया