स्वरोजगार लघुवित्तको लाभांश घोषणा


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।