काठमाडौं – यस साता शेयर बजार समान्य अंकले बढेर बन्द भएको छ । यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७.६५ अंकले बढेर बन्द भएको हो ।
यस साता भरि भएको ५ कारोबारमा ३ दिन बजार बढेर बाँकीको २ दिन बजार ओरालो लागेको छ । यससँगै, साता भरमा कुल १८ अर्ब माथिको शेयर कारोबार भएको छ ।
साताभरको शेयर कारोबारको विवरणअनुसार आइतबार नेप्से १२।५० अंकले घटेर २५ सय ९४ दशमलव ८७ को बिन्दुमा बन्द भएको थियो । त्यस्तै, सोमबार ६.७४ अंकले बढेर बजार २६ सय १ दशमलव ६१ को बिन्दुमा पुगेर बन्द भएको हो । त्यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से पुनः उकालो लागेर १८.३७ अंकले बढेर बजार २६ सय १९ दशमलव ९९ को विन्दुमा कायम भएको थियो ।
त्यस्तै, साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार पुनः बढेर ५.७० अंकको वृद्धिसहित बजार २६ सय २५ दशमलव ६९ को विन्दुमा बन्द भएको थियो । यसैगरी साताको अन्तिम कारोबारको दिन बिहिबार भने नेप्से दोहोरो अंकले घटेर १०.६६ को गिरावटसहित बजार २६ सय १५ दशमलव ३ को बिन्दुमा बन्द भएको थियो ।
कारोबार कति ?
आइतबार ३ अर्ब ६८ करोड
सोमबार ३ अर्ब ४१ करोड
मंगलबार ३ अर्ब २५ करोड
बुधबार ३ अर्ब ९७ करोड
बिहिबार ४ अर्ब ५१ करोड






About Us
प्रतिक्रिया