छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ वटा संस्था र एउटा जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले शेयरधनी एस.जी सेक्यूरिटिज प्रा.लिको नाममा ६४ हजार ३०६ कित्ता, शिवाङ्गी इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको ६४ हजार ३०६ कित्ता, र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता शेयर बिक्रीमा राखेको हो। 

एस।जी सेक्यूरिटिज प्रा.लि र शिवाङ्गी इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहको शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ रहेको छ भने विनिता अधिकारीको नाममा रहेको शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४१० रुपैयाँ रहेको छ।

संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिन सक्नेछन्।