नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा पौडेल नियुक्त


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन्।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा पौडेल नियुक्त भएका हुन्। पौडेलको कार्यकाल आजबाट सुरु भएको छ।