साताको सुन कारोबारः ४ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – यो साता सुनको मूल्यमा सामान्य अर्थात् ४ सय रुपैयाँको गिरावट देखिएको छ। मंगलबार र शुक्रबार घट्दा सुनको मूल्यमा सो रकम बराबरको गिरावट देखिएको हो।

आइतबार तोलामा २२ सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगको सुनको मूल्य सोमबार थप अर्थात् प्रतिताेला एक हजार नौ सय रूपैयाँले बढ्यो। आइतबार र साेमबार क्रमशः सुनकाे मूल्य दुई लाख ५८ हजार ८ सय रूपैयाँ, सोमबार १७ सय रूपैयाँले बढ्दै प्रतितोला दुई लाख ६० हजार ७ सय रूपैयाँ पुग्याे।

यस्तै, आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार घट्यो। मंगलबार १७ सयले घटेको सुनको मूल्य बुधबार र बिहीबार दुवै दिन ७/७ सय रूपैयाँले बढ्यो। यस्तै, साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ हजार रूपैयाँले घट्यो। शुक्रबार प्रतितोला सुन दुई लाख ५८ हजार ४ सय रूपैयाँमा काराेबार भयाे।