तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो। यससँगै चाँदी तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।