सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौं – सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको ३६० औं बैठकले आर्थिक वर्ष २८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात सो वित्तीय विवरण संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्नेछ ।