जेनजी आन्दोलनका क्रममा लुटिएका १० थान हतियार बरामद


काठमाडौं – जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार मध्ये १० थान हतियार काठमाडौं जिल्ला प्रहरी परिसरले मंसिर महिनामा बरामद गरेको छ। प्रहरीले हतियारका साथ १० जनालाई पक्राउ गरेको हो। 

टाइप ५४ पेस्तोल४ थान,  ऐ. को म्याग्जीन २ थान, रिभल्वर ३ थान र ७.६  ईटालियन पेस्तोल १ थान गरी जम्मा १० थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टाइप ५४ पेस्तोलमा ८ राउण्ड र ७.६  ईटालियन पेस्तोलमा ६ राउण्ड गोली गट्टा बरामद गरिएको छ।