काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरको छ। संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँको कुल १२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये ५ प्रतिशत बोनश शेयर ७ प्रतिशत नगद लाभांश रहेको छ। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।






About Us
प्रतिक्रिया