नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ नगद ?


काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो बसेको संचालक समितिको ५६९ औं बैठकले १३.१५ प्रतिशतको दरले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ को ८.५ प्रतिशतको दरले नगद लाभांश ४६ करोड ५१ लाख ८२ हजार ८७८ र ४ प्रतिशतका दरले बोनस शेयर २१ करोड ८९ लाख ९ हजार ५८९ गरी लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ को नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार गरिएको वित्तिय विवरण पारित गरेर स्विकृतिका लागी पेश गर्ने भएको छ ।