प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरभनीलाई दिने लाभांश घोषणा गरेको हो ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस शेयर छ भने ४.४२१ प्रतिशत नगद लाभांश दिनेछ । कम्पनीको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।