काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३को पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप ३.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको (साउनदेखि कार्तिकसम्म) को विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा निक्षेप बढेको हो।
हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप पुगेको छ। गत आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म १ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँले निक्षेप बढेको थियो। २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको थियो।२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो।






About Us
प्रतिक्रिया