काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.७० अंकको वृद्धि देखिए समेत ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज सर्वाधिक गुमाउँने कम्पनीहरुमा बाराही हाइड्रोपावर पब्लीक, उपार स्यांगे हाइड्रोपावर, इस्ट्रन हाइड्रोपावर, त्यस्तै, शुभम् पावर र १० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९० का लगानीकर्ता रहेका छन्। जसमा बाराही हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।
त्यस्तै, क्रमशः उपार स्यांगे हाइड्रोपावर ३.२१ प्रतिशत, इस्ट्रन हाइड्रोपावरका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले गुमाएका छन्। शुभम् पावरका लगानीकर्ताले २.६४ प्रतिशत र १० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९० का लगानीकर्ताले २.३७ प्रतिशतका दरले गुमाएका छन्।त्यस्तै, आज सबैभन्दा बढी स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले कमाएका छन्।
आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९९ प्रतिशतका दरलेका कमाएका हुन्। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन्।
साथै, आज यूनियन हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।






About Us
प्रतिक्रिया