नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम समेत बढ्यो

‘बैंकिङ्ग समूहमा ० दशमलव ३१ प्रतिशतकाे वृद्धि’


काठमाडौं – आज साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.७० अंकको वृद्धि देखिएसँगै बजार २६ सय २४ दशमलव ७० को बिन्दुमा बन्द भएको हो। आज ३३२ कम्पनीले कारोबार गर्दा ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेसँगै ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज युनियन हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा बढी स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९९ प्रतिशतका दरलेका कमाएका हुन्।

त्यस्तै, बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्। यसदिन १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ। आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ।