सुर्येदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सुर्येदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले घनश्याम अधिकारीको नाममा रहेको १४ हजार ३४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिएको संस्थाले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी –०४ ललितपुर वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल काठमाडौं–१ नागपोखरी नक्सालमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।