प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि ३ जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थाले संस्थापक शेयरधनी बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता, विनय रेग्मीको नाममा रहेको ६१ हजार ५८८ कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता शेयरगरी जम्मा ३ लाख २८ हजार १४९ कित्ता शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको विद्यमान संस्थापक शेयरधनीलाई दिने कम्पनीले जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदकले कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन्।