नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा, यी पाँच कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८.३७ अकंले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज नेप्सेमा ३२५ कम्पनीले कारोबार गर्दा स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल नेपाल त्यसैगरी, बाराही हाइड्रोपावर पब्लिक र लुम्बिनी विकास बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी कमाएका छन्। 

जसमा स्वस्तिक लघुवित्तले १० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत, त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन्। यससँगै, बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले कमाएका हुन्। 

यससँगै आज श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लगानीकर्ताले ४.१६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, १० प्रतिशत लक्ष्मी विकास डिबेञ्चर २०८६ का लगानीकर्ताले ३.४९ प्रतिशतका दरले कमाएका छन्। 

यससँगै, आज सबैभन्दा बढी ङादी ग्रुव पावरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज १९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।