नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा कारोबार रकम ३ अर्ब २८ करोडमा सीमित 


काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १८.३७ अकंले बढेर २६ सय १९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको ७७ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेसँगै १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज १९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८  प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.१६ प्रतिशतका दरले गुमाएका छन्।