पिपुल्स हाइड्रोपावरले बोलायो १८ औं वार्षिक साधारण सभा, हकप्रद शेयर जारी गर्ने


काठमाडौं – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २३ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बिहान ११ बजे बलाएको हो।

सो सभामा शेयरधनीलाई कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र सोबाट प्राप्त आधा रकम ऋण तिर्न र आधा रकम आयोजना निर्माणमा खर्चिने प्रस्ताव पारित गर्नेछ। यस्तै, गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन सक्नेछन्।