काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले कुल १ लाख १५ हजार ५९६ कित्ता शेयरका लागि आवेदन खुलाएको थियो।
कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए। जसमध्ये २ हजार ३११ जनाले शेयर पाएका छन्। शेयर पाएका यीमध्ये ४६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन्।
आईपीओ भरेकामध्ये ३२ हजार ७९१ आवेदकको हात रित्तो भएको छ। प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कम्पनीको आईपीओ खुलेको हो। आम सर्वसाधारणका लागि पुस ७ देखि कम्पनीको आईपीओ खुल्नेछ। आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिनेछ।



About Us
प्रतिक्रिया