दुबई । धरान हेल्पिङ ह्याण्ड्स यूएई, युएईमा कार्यरत धराने नेपालीहरूको साझा संस्थाको रूपमा स्थापित पुराना सामाजिक संस्थाहरूमध्ये एक हो।
संस्थाको विशेष आह्वानअन्तर्गत, चितवन निवासी बोन म्यारो क्यान्सरबाट पीडित नैना देवी भट्ट राईलाई नेपाली रुपैयाँ ६६ हजार ६४४ रुपैयाँ तथा धरान–१४ निवासी रमेश श्रेष्ठ (धरान हेल्पिङ ह्याण्ड्स यूएईका पूर्व सदस्य), मिर्गौला रोगबाट पीडित, लाई नेपाली रुपैयाँ १ लाख २ हजार ५७५ रुपैयाँ हस्तान्तण गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको मानवीय सहयोग कार्यक्रमअन्तर्गत यो सहयोग प्रदान गरिएको हो। सहयोग हस्तान्तरणका क्रममा संस्थाका पदाधिकारीहरू उपस्थित थिए।
हस्तान्तरण कार्यक्रममा धरान हेल्पिङ ह्याण्ड्स यूएईका अध्यक्ष ईश्वर श्रेष्ठले यस सहयोग कार्यमा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।






About Us
प्रतिक्रिया