काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)आज ६.७४ अकंले बढेर २६ सय १ दशमलव ६१ को बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज १४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ६.९५ प्रतिशतका दरले गुमाएका छन्।





About Us
प्रतिक्रिया