काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेर तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको हो।
हिजो प्रतितोला सुन २ लाख ५८ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५९० रुपैयाँले बढेको हो ।
यससँगै चाँदी तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया