काठमाडौं – राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ दफा ४१ अन्तर्गतको कसूरमा संलग्न रहेको दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विभागमा विवरण दर्ता अपरेटरको रूपमा रहेका ललितपुरको महालक्ष्मी बस्ने सुनित प्रभाग रेग्मी र आशिष बाबु कुमाल रहेका छन्। रेग्मीलाई इमाडोलबाट र कुमाललाई ललितपुरको ललितपुर महानगरपालिका– १३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत विवरण दर्ता अपरेटरको प्रयोगकर्ता आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूका विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट दिन ५ को म्याद लिई अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया