प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन बीमाङ्गीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको हो ।

२०८२ आसार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आर्थिक वर्ष २०८१/८२ को लागि तथा अर्को बीमाङ्गीय मूल्याङ्कन नभए सम्मको लागि परिपक्व दाबी, मृत्यू दाबी तथा बीमालेखमा नयाँ बोनसदर कमयम हुनेछ ।

कम्पनीले प्रतिहजार न्यूनतम २३ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दिनेछ ।