निवर्तमान अर्थसमिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोड ६८ लाख बिगो दाबी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध आयोगले आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो।

चालिसेविरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ। उनीमाथि गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ।