काठमाडौंं – गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँकायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।






About Us
प्रतिक्रिया