काठमाडौं – ठगी तथा बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ बस्ने ४२ वर्षीय दिनेश कोइराला रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएका प्रहरीका टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ दोगराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नख्खु कारागार कार्यालय काठमाडौंमा ठगी तथा बैंकिङ्ग कसुर मुद्दामा कैदमा रहेका कोइराला जेनजी आन्दोलनका क्रममा कारागारमा तोडफोड र आगजनी गरी भागेका थिए।





About Us
प्रतिक्रिया