१० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् मंसिर २८ गते ३५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले १० दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।

यस निक्षेपको बोलकबोल अनलाइनमार्फत हुनेछ भने ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस्तै, साँवा तथा ब्याज भुक्तानी पुस ९ गते हुने केन्द्रीय बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकनिक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ ।