मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार, चार नयाँ मन्त्री थपिने


काठमाडौं – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार गर्दै छिन्। यो क्रममा सरकारले थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेको हो।

थपिन लागेका मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम तथा रोजगार, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।

नयाँ मन्त्रीहरूको सपथग्रहण आजै दिउँसो ३ बजेका लागि तय गरिएको छ।