आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा 


काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण गरिनेछ।